३३ किलो सुन प्रकरण:-सर्वोच्चले गर्‍यो उच्च अदालतका फैसला सदर

३३ किलो सुन प्रकरणमा सर्वोच्च अदालतले उच्च अदालत विराटनगरकै आदेशलाई सदर गरेको छ।

मोरङ जिल्ला अदालतले ३३ किलो सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा राखेका अधिकांश अभियुक्तहरुलाई विराटनगरस्थित उच्च अदालतले छाडेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो।

सर्वोच्चले भने उच्च अदालत विराटनगरकै फैसलालाई सदर गरिदिएको छ।

सर्वोच्चले ३३ किलो सुन प्रकरणमा थुनामा रहेका महावीर गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश पनि शुक्रबार दिएको छ।

३३ किलो सुन प्रकरणमा विवादास्पद फैसला गरेको भन्दै उच्च अदालतका ८ जना न्यायाधीशहरु कारबाहीमा परेका थिए।

merokhabarsathi

Read Previous

चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Read Next

राष्ट्रपतिदेखि सांसदसम्मको तलब १८ प्रतिशत वृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *