चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका- १० चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नंको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक अभिषेक शर्मा पनि घाइते भएका छन् ।

घाइते शर्माको अवस्था मध्यम रहेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

merokhabarsathi

Read Previous

चितवनको कालिका नगरपालिकाको वडा कार्यालयमा आगजनी

Read Next

३३ किलो सुन प्रकरण:-सर्वोच्चले गर्‍यो उच्च अदालतका फैसला सदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *