चितवनको कालिका नगरपालिका वडा नं ३ को वडा कार्यालयमा आगजनी भएको छ ।
आज राती बिहान ३ बजे अज्ञात समूह द्वारा गरिएको आगजनीबाट कार्यालयकाे २ वटा कोठामा क्षति भएको छ । अज्ञात समुहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गर्दा आगजनीबाट वडा अध्यक्षको कोठा सहित कार्यालयकाे कोठामा रहेको कागज पत्र टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ ।
आगलागीबाट सो कार्यालयमा क्षति भएको र सो घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।