Breaking News :

चर्चित निर्माता करण जोहरको पार्टीमा बलिउड स्टारहरुले ड्रग्स लिएको आरोप(भिडियो सहित)

चर्चित निर्माता करण जोहरको घरमा हुने पार्टीमा पुग्ने बलिउड स्टारहरुको चर्चा मिडियामा सधै हुन्छ । यसपटक भने बलिउडका नाम चलेका स्टारहरुको एउटा भिडियो भाइरल भएको छ । जहाँ, उनीहरुले ड्रग्स लिएको आरोप समेत लगाइएको छ ।

करण जोहरको पार्टीमा दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपुर, शाहिर कपुर, रणवीर कपुर, बरुण धवन लगायतका स्टार सहभागी थिए । करणले यो भिडियो आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेका थिए ।

करण जोहरले सार्वजनिक गरेको भिडियोमा विधायक मजिन्दर सिरसाले शेयर गर्दै बलिउड कलाकारले ड्रग्स लिएको आरोप लगाएका छन् । उनले, बलिउडमा नाम कमाएका कलाकार सबैजना ड्रग्सले मस्त रहेको भन्दै यसको विरोधमा आवाज उठाउने समेत उल्लेख गरेका छन् ।

हेरौं भिडियो:-

merokhabarsathi

Read Previous

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

Read Next

चितवनको कालिका नगरपालिकाको वडा कार्यालयमा आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *