अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ।
वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ सुसरीया पुल नजिकै गोली प्रहार भएको हो।
शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।
यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए। देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।