बुधबार राति र बिहीबार बिहान गरि विभिन्न जिल्लामा एनसेलका १६ टावरमा आगजनी गरेका छन्। भने नेपाल टेलिकमको एउटा टावरमा आगजनी भएको छ।
नवलपुर, बेनी, ललितपुर, सिन्धुपाल्चोक, तनहुँ, मोरङ, पोखरा, डोटी, गोरखा र भोजपुरमा एनसेलका टावरमा आगजनी भएको छ। कैलालीमा चारवटा टावरमा आगजनी भएको छ। नेपालगञ्जमा २ वटा टावरमा क्षति पुगेको छ। अर्घाखाँचीमा नेपाल टेलिकमको एउटा टावरमा क्षति पुगेको छ।
प्रतिबन्धित नेत्रविक्रम समूहले टावरमा आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ। अर्कोतर्फ विप्लव समूहका एक नेताले पनि आगजनी गरेको पुष्टि गरे।