जिल्ला प्रहरी कार्यालय चितवनले विद्यालयको शेयर सदस्य बनाईदिन्छु भन्दै ठगि गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका-३ बस्ने वर्ष ४० को राजकुमार दाहाल रहेका छन्।
दाहालले खैरहनी नगरपालिका-८ मा रहेको ज्ञान सुधा इन्ग्लिश स्कुल प्रा.लिको शेयर सदस्य बनाउछु भनि सोहि ठाउँमा बस्ने समिता के.सी संग १ करोड १३ लाख ९५ हजार र रत्नदीप अधिकारि संग ७ लाख गरि १ करोड बिस लाख ९५ हजार ठगि गरेको चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
दाहालको चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।