Breaking News :

त्रिशुलीमा कन्टेनर खस्यो, चालक बेपत्ता

चितवन ईच्छाकामना गाउंँपालिका वडा नम्बर -६ स्थित त्रिशुली नदीमा कन्टेनर खस्दा चालक बेपत्ता भएका छन ।

भरतपुरबाट मुग्लिङ तर्फ जादै गरेको बा२१च ११३३ नम्बरको कारलाई विपरित दिशाबाट आईरहेको ना७ख ३९३९ नम्बरको (खाली) कन्टेनरले ठक्कर दिई उक्त कन्टेनर अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  । दुर्घटनामा पर्सा विरगंजका कन्टेनर चालक कमलेश शाह बेपत्ता भएका हुन । सोही ठाउंँ बस्ने सहचालक अजय शाह गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले बताएका छन्।

बेपत्ता भएका शाहको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

merokhabarsathi

Read Previous

नेपाल डायरिजको वार्षिकोत्सवमा रबिन एण्ड द् रिभोलुसन व्याण्डको प्रस्तुति

Read Next

चितवनमा विद्यालयको शेयर सदस्य बनाईदिन्छु भन्दै ठगि गर्ने एक जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *