नेपाल डायरिजले आफ्नो वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कन्सर्ट गर्ने भएको छ । सस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा भरतपुरको भाटभटेनीमा रहेको फुडकोर्टमा कन्सर्ट गर्न लागिएको हो।
एल्बममा ८ वटा गीतहरु समावेश भएका छन् । नेपाल डायरिज नेपालमा इभेन्ट म्यानेजमेन्टको लागि स्थापित कम्पनी हो ।
नेपाल डायरिजले चितवनमा प्रत्येक बर्ष ‘मिस एसईई स्टार चितवन’ ‘ग्ल्यामअप नेपाल’ र ‘अल्टिमेट डिबेट च्यालेन्ज’ जस्ता ठुला कार्यक्रमहरु गर्दै आईरहेको निर्देशक अनिल घिमिरेले जानकारी दिए । यि मध्य ‘मिस एसईई स्टार चितवन’ निकै लोकप्रिय रहेको छ । यसले चितवन बाहेक काठमाडौं र हेटौंडामा पनि बिभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरिसकेको छ । यस्तै निकट भविष्यमा देशभर नै कार्यक्रम गर्ने योजना रहेको घिमिरेले बताए ।
नेपाल डायरिजले संगीत तथा ग्ल्यामर सँग सम्बन्धित कार्यक्रमहरु बढी आयोजना गर्ने भएकोले वार्षिक उत्सवको अवसरमा पनि संगीतिक कार्यक्रम गर्न लागेको घिमिरेले बताए । भरतपुर ओरालोको भाट भटेनीमा रहेको द फुड कोर्टमा १७ गते शुक्रबार हुने कार्यक्रम साँझ ७ बजेबाट शुरु भई राती ११ बजे सकिने नेपाल डायरिजका व्यवस्थापक मनिष तामाङले जानकारी दिए ।
कार्यक्रम अवलोकनका लागि ४०० रुपैँयाको टिकटको व्यवस्था गरिएको छ । यस्तै डिजिपे नामक एपबाट अनलाईन टिकट खरिद गर्न पनि सकिने छ । डिजिपेबाट टिकट खरिद गर्दा भने ३०० रुपैँया मात्र लाग्ने बताईएको छ । यसको लागि प्ले स्टोरमा गएर डिजिपे एप डाउनलोड गर्न पर्नेछ । टिकट खरिद गर्ने सबैलाई ‘रोबिन एण्ड द न्यु रिभोलुसन’ को नयाँ एल्बम ‘मुग्लान’ उपहार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उक्त कार्यक्रमको लागि टिकट खरिद गर्ने सबैलाई नेपाल डायरिजले भिडियोग्राफी तथा फोटोग्राफीमा २० प्रतिशत छुट दिने बताईएको छ ।