आज साउन १५ गते अर्थात खीर खाने दिन

आज साउन १५ गते अर्थात खीर खाने दिन, देशका विभिन्न स्थानमा यस दिनलाई विशेष महत्वका रुपमा खीर खाएर मनाइने गरिन्छ ।

साउन महिनामा झरी पर्ने भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि दूधबाट बनेको खीर लाभदायक हुने हुनाले खीर खाने चलन रहेको पाइन्छ ।

विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ ।

merokhabarsathi

Read Previous

रत्ननगर नगरपालिकाले सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्दै

Read Next

योगेश भट्टराई बने पर्यटनमन्त्री, लिए पर्यटनमन्त्रीको शपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *