Breaking News :

सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडा कार्यालयमा आगजनी तथा बिस्फोट

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा अपचारित व्यक्तिको समूहले आगजनी गरेको हो ।

आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ ।

यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा अपचारित व्यक्तिको समूहले मंगलबार राति बम बिस्फोट गराएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ ।

यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा मंगलबार राति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ । आगजनी तथा बिस्फोटको जिम्मा कसैले लिएका छैनन् ।

merokhabarsathi

Read Previous

विप्लवको बन्दका कारण देशका केही क्षेत्रको जनजीवन प्रभावित

Read Next

रत्ननगर नगरपालिकाले सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *