चितवनमा मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको छन।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ गरेको चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । रत्ननगर नगरपालिका बाट लागुऔषध खैरो हेरोइनसहित दुई साताअगाडि पक्राउ परेका भरतपुर महानगरपालिका–४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग ५ लाख ५० हजार नगद र १० तोला सुन सहित ८ लाख लिएका थिए ।

पक्राउ परेका दुवैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

पश्चिमी भूभागमा भारी वर्षाको सम्भावना, यस्तो छ महाशाखाले जारी गरेको ३ दिनको मौसमी अनुमान

Read Next

मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *