Breaking News :

पश्चिमी भूभागमा भारी वर्षाको सम्भावना, यस्तो छ महाशाखाले जारी गरेको ३ दिनको मौसमी अनुमान

आज (मंगलबार) देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ-  राति पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

महाशाखाका अनुसार अहिले पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली भएको छ। यहाँ पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतिर छ। जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसमविद्ले बताएका छन्।

यस्तो छ, महाशाखाले जारी गरेको ३ दिनको मौसमी अनुमान : 

साउन १४ गते मंगलबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।

राति: देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमका केही स्थानहरुमा, पूर्व र मध्यका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १५ गते बुधबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ।

साउन १६ गते बिहीबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा वर्षा हुने सम्भावना छ।

merokhabarsathi

Read Previous

आज गठे मंगल पर्व,नेवार समुदायले देशभर मनाउँदै

Read Next

चितवनमा मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *