अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
गठे मंगल पर्व नेवार समुदायले आज देशभर मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।
दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ ।
कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।
परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ ।
ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।