अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको दावीसहित विवादमा आएको बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका एक पूर्व नायब सुब्बाले आत्महत्या गरेका छन्।
जग्गा प्रकरणमा मुछिएका नासु युक्तिप्रसाद श्रेष्ठले बालाजुको माछापोखरी सपिङ मलबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ। अख्तियारले मुद्धा दर्ताको तयारी गरिरहँदा ५४ वर्षीय श्रेष्ठले आत्महत्या गरेका हुन्।
पर्वत स्थायी घर भएका श्रेष्ठ मालपोत कार्यालयमा रहँदा भू माफियासँग मिलेर काम गरेको अख्तियारको आरोप छ।