Breaking News :

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि सहयोग उठ्ने क्रम तिब्र,आइतबार बिहान मात्रै थप ९३ लाख भन्दा बढी सहयोग

सुशील पन्त, चितवन। चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि सहयोग रकम उठ्ने क्रम तिब्र रुपमा अघी बढीरहेको छ । धुर्मस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि बिभिन्न संघ संस्था तथा ब्यक्ती बिशेषबाट सहयोग जुटिरहेको अवस्थामा आइतबार बिहान मात्रै थप ९३ लाख भन्दा बढी सहयोग जुटेको छ ।

आइतबार बिहान भरतपुर महानगरपालिकाको कार्यालयमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा ९३ लाख २६ हजार १ सय ९३ रुपैँया सहयोग प्राप्त भएको हो । कार्यक्रममा महानगरपालिकाले ५० लाख सहयोग रकम हस्तान्तरण गरेको थियो । महानगरका कर्मचारीको ३ दिनको तथा पदाधिकारीको एक महिनाको तलबबाट संकलित ५० लाख रुपैँया आज महानगर प्रमुख मेयर रेणु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तण गरिन्।

सोही कार्यक्रमका अन्य ब्यक्ती तथा संघसंस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन् । रगंशाला निर्माणका लागि उद्योग संघ चितवनले १२ लाख ७५ हजार सहयोग हस्तान्तरण गरेको छ । उक्त रकम संघका अध्यक्ष भेषराज दवाडीले फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे । पुर्वघोषित ५१ लाख रकम मध्य पहिलो चरणमा १२ लाख ७५ हजार हस्तान्तरण गरिएको संघका अध्यक्ष दवाडीले जानकारी दिए । गत माघ १६ गते चितवनमा रगंशाला निर्माण हुने घोषणा भए लगत्तै उद्योग संघ चितवनले ५१ लाख सहयोग गर्ने प्रतिबद्दता गरेको थियो ।

उता भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले आफ्नो ब्यक्तीगत तर्फबाट नगद १ लाख ५१ हजार १ सय ५१ रुपैँया फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे । यस्तै अक्स्फोर्ड कलेज अफ एन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टले पनि फाउण्डेसनलाई आर्थिक सहयोग रकम हतान्तरण गरेको छ । कलेजले यस अघी घोषणा गरेको ७ लाख ७७ हजार ७ सय ७७ मध्य दोस्रो चरणमा आज २ लाख ३३ हजार ३ सय ३३ रुपैँया हस्तान्तरण गरेको हो । उक्त रकम कलेजका अध्यक्ष हरि भण्डारीले फाउण्डेसनलाई हन्तान्तरण गरे । कलेजले यस अघी पहिलो चरणको रकम उपलब्ध गराईसकेको र बाँकी रकम अर्को चरणमा उपलब्ध गराउने कलेजका अध्यक्ष भण्डारीले जानकारी दिए ।

 

merokhabarsathi

Read Previous

पशु आहार व्यबस्थापन गर्न पूर्ण मिश्रण सहितको पशु आहार

Read Next

बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका पूर्व नासुले गरे आत्महत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *