ट्रकमा बस ठोक्किदा १ को मृत्यु, ६ जना घाईते

ट्रकको पछाडी बस ठोक्किदा १ जनाको मृत्यु ६ जना यात्रु घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार आज बिहान  ४:४५ बजे गौरबाट काठमाडौ गईरहेको ना ७ ख २५६१ नम्बरको भैसी लोड गरेको ट्रकको पछाडि सोही दिशातर्फ जांँदै गरेको ना ५ ख ४८१९ नम्बरको बस ठोक्किदा ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ फिस्लिङ्गमा दुर्घटना भएको थियो । दुर्घटनामा बसमा सवार १ जना गम्भिर र ६ जना मध्यम घाइते भएका थिए ।

गम्भिर घाइते भएका झापा मेची २ का बर्ष २३ का भानु तिमिल्सिनाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएकोे प्रहरीले जनाएको छ । अन्य घाईतेको उपचार भईरहेको छ । दुवै सवारी चालक प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

merokhabarsathi

Read Previous

चितवन घुम्न आएका व्यक्तिको स्विमिङपुलमा डुबेर मृत्यु

Read Next

पशु आहार व्यबस्थापन गर्न पूर्ण मिश्रण सहितको पशु आहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *