Breaking News :

चितवन घुम्न आएका व्यक्तिको स्विमिङपुलमा डुबेर मृत्यु

स्विमिङपुलमा डुबेर शनिबार राति एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् ।

स्विमिङ गर्न जाने क्रममा स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः३५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

निर्मला पन्तको सम्झनामा चितवनमा दीप प्रज्वलन

Read Next

ट्रकमा बस ठोक्किदा १ को मृत्यु, ६ जना घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *