Breaking News :

निर्मला पन्तको सम्झनामा चितवनमा दीप प्रज्वलन

सुरज रेग्मी, चितवन। कंचनपुरकि १३ वर्षीय बालिका निर्मल पन्त को बलात्कार पछि को हत्या भएको आज १ वर्ष पुगेको दिनमा चितवनमा दीप प्रज्वलन गरिएको छ। चितवन सामाजिक सेवामा सलग्न रहदै आएको हाम्रो दृष्टि राम्रो दृष्टिले भरतपुर को चौबिसकोठीमा निर्मलाको सम्झनामा शोक सभा संगै दीप प्रज्वलन गरेको हो।

कार्यक्रममा सस्थाका अध्यक्ष वसन्त गैरेले निर्मल पन्त को बलात्कार पछि को हत्या भएको पनि १ वर्ष बितिसक्दा पनि न्याय पाउन नसक्नु एउटा दुखद घटना रहेको भन्दै दुख व्यक्त्त गर्नु भयो। निर्मला पन्तको परिवारले न्याय नपाउनु भनेको सबै नेपाली चेलीले न्याय नपाउनु हो भन्दै गैरेले सरकारलाई बलात्कारीलाई समातेर कानुनि कारवाही गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा पिडित न्याय देउ, न्यायको अधिकार सुनिश्चित गर, ३६५ दिन पुग्दा पनि निर्मलालाई न्याय खोइ?, नारि सामान होइन सम्मान हो भन्ने जस्ता नारा सहितको दीप प्रज्वलन गरिएको थियो।

merokhabarsathi

Read Previous

पहिरोमा टाटासुमो पुरिँदा २ को मृत्यु, ७ घाइते

Read Next

चितवन घुम्न आएका व्यक्तिको स्विमिङपुलमा डुबेर मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *