भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार नगद सहयोग गरेकी छन् ।
धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई उनी बस्दैं आएको होटलमा नै पुगेर डम्वरकुमारीले सो रकम दिएकी हुन् । । उनले रकम संगै अध्यक्ष कट्टेललाई सधैं खुसी र निरोगी रहन र समयमा नै रंगशाला निर्माण गर्न आर्शिवाद पनि दिइन् ।
केही बर्षअघि वितेका श्रीमानको नाममा राखेको कोषबाट प्राप्त ब्याजको रकम जम्मा पारेर रंगशाला निर्माणका लागि सहयोग गरेको डम्वरकुमारीको भनाइ छ । ‘कसैले पनि रंगशालाका लागि रकम दे भनेर दिएको हैन,’ डम्बरकुमारीले भनिन्, ‘मेरो मनबाटै आयो रंगशालाका लागि पैसा दिनुपर्दछ भनेर त्यसैले सहयोग गरेको हो।