Breaking News :

नेपालको कुवेत विरुद्ध सहज जित

सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेत विरुद्ध सहज जित निकालेको छ ।

जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्ने छ ।

शनिबार बिहान भएको खेलमा नेपालसँग कुवेत ७ विकेटले पराजित भएको हो । कुवेतले जितका लागि दिएको १४२ रनको लक्ष्य नेपालले १६ ओभर खेल्दै मात्र ३ विकेट गुमाएर भेट्टायो ।

merokhabarsathi

Read Previous

पर्साका फरार अभियुक्त चितवनमा पक्राउ

Read Next

७८ वर्षीया वृद्धाले दिइन् रंगशाला बनाउन ५० हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *