चितवन जिल्ला प्रहरीले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।
पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा ०७१ वैशाख २१ गते नौ वर्ष कैद र ५० हजार जरिवाना फैसला सुनाएका पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैया निवासी ३१ वर्षीय महेन्द्र नुनीया महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको हो।
लुकीछिपी बसेको सूचनाको आधारमा उनलाई प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका–९ काँडाघारीबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
महतोले भारत विहारका २३ वर्षीय सञ्जयकुमार राय यादवलाई नेपालमा राम्रो जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारेर अपहरण गरी पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिस्थित जिराभवानी मन्दिरमा राखेर १० लाख फिरौती माग गरेको प्रहरी अभियोग छ।
उनीविरुद्ध विसं २०६७ फागुन २४ गते प्रहरीले मुद्दा दायर गरेको थियो।