Breaking News :

पूर्वमिस नेपाल शृंखलाले नेपालको झण्डा फहराइन युरोपको शिखरमा

पूर्वमिस नेपाल शृंखला खतिवडाले युरोपको सर्वाधिक अग्लो हिमाल मोन ब्ला आरोहण गरेकी छन् । खतिवडाले बुधबार उक्त पर्वत आरोहण गरेर दुवै देशको झण्डा गाडेकी काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।

फ्रान्स र इटालीको सीमा क्षेत्रमा पर्ने मोन ब्ला हिमालको उचाइ ४ हजार ८ सय १० मिटर छ । नेपालसँग दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने क्रममा फ्रान्सको निमन्त्रणामा खतिवडा त्यहाँ गएकी थिइन् ।

फ्रान्सका लागि नेपालको सद्भावना दूत बनेर युरोप पुगेकी खतिवडाले पर्यटकलाई नेपाल जान सन्देश दिँदै साइकल यात्रासमेत गरेको दूतावासले जनाएको छ ।

merokhabarsathi

Read Previous

जन्मदिनको अवसरमा हृदयको आँखा

Read Next

चितवनका गायक त्रिपाठीको तिज गीत ‘चरी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *