चितवनमा सक्रिय सामाजिक संस्था हेल्प फर हेप्पीनेसले हृदयको आँखा भन्ने कार्यक्रम गर्ने भएको छ। हेल्प फर हेप्पिनेस र ड्रिम्स नेपालको आयोजना मा कार्यक्रम हुन लागिएको हो
सस्थाको सदस्यको जन्मदिनको अवसरमा अनावश्यक खर्च गरेर मनाउनु भन्दा आश्रममा बस्दै आएका संघ खुसि साटेर जन्मदिन मनाउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष नविन तिवारीले बताए। कार्यक्रम सहाराको घर चितवनमा ३ बजे बाट आश्रममा आश्रित वृद्दवृद्द्ा, अनाथ, अपांगलाई लाई खाना खाजा खुवाउनुको साथै उहाँहरु संग रमाइलो गरेर कार्यक्रम गरिने अध्यक्ष तिवारीले बताउनुभयो ।
सो कार्यक्रममा सहभागी हुन इक्छुक सबैले सहभागी हुन पाइनेछ। यस अघि पनि यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ।