अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
भरतपुर महानगरपालिका-१६ मा बसले पैदल यात्रीहरुलाई ठक्कर दिदा ४ जना घाइते भएका छन्।
काठमाण्डौ बाट नारायणगढ हुदै घर फर्कदै गरेको बा ४ ख ३४९९ नम्बरको बसले भरतपुर-१६ फुर्तिचोकमा २ जना र नविन चोकमा २ जना गरि ४ जनालाई ठक्कर दिएको हो। बसको ठक्करवाट घाइते भएकाहरुलाई चितवन मेडिकल कलेज अस्पताल लागिएको छ । घाइते हुनेमा स्थानीयवासी फुर्तिचोकको प्रतिमा बस्नेत, प्रसम्ता बिक र नविनचोक निवासी रसिन मगर र रन्जु थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते को अवस्था सामान्य रहेको छ।
ठक्कर दिने बस र चालक भने दुवै प्रहरीको नियन्त्रणमा रहेको छ।