Breaking News :

खाल्डोभित्र लुकाई राखेको अवस्थामा १६ केजी सुन बरामद

सांकेतिक तस्बिर

गोरखाको धार्चे गाउँपालिका खाल्डोभित्र लुकाई राखेको अवस्थामा १६ केजी सुन बरामद भएको छ। गाउँपालिकाको ३ नम्बर वडामा पर्ने खोर्लाबेसीमा खाल्डोमा पुरेर लुकाइराखेको अवस्थामा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ।

खाल्डोभित्र सुनका एक एक केजीका विस्कुट १६ थान भेटिएको जनाइएको छ।प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकमल गुरुङ रहेका छन्। पैसा लुटिएको भन्दै खबर गरेका धनकमल अनुसन्धानपछि उक्त सुनसँग सम्बन्धित व्यक्ति भएको प्रहरीको दावी छ।

लुटिएको बारे वडाअध्यक्षलाई जानकारी गराए लगत्तै गुरुङ बेपत्ता भएका थिए। लुकाइएको सुन चिनबाट आएको हुन सक्ने प्रहरीको अनुमान छ।

merokhabarsathi

Read Previous

रगंशाला निर्माणका लागि बिहीवार ५८ लाख संकलन

Read Next

भरतपुरमा बसले ठक्कर दिदा ४ जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *