Breaking News :

रगंशाला निर्माणका लागि बिहीवार ५८ लाख संकलन

सुशिल पन्त, चितवन।

धुर्मस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि सहयोग रकम उठ्ने क्रमले तिब्रता पाईरहेको छ । बिस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण कार्यको क्रममा केही बिबादको कारण रोकिएको कामले निरन्तरता पाएकै दिनबाट शुरु भएको रकम संकलन अभियानले तिब्रता पाएको हो ।

काम पुन: शुरु भएको तेस्रो दिन अर्थात बिहीवार (आज) बिहान मात्रै ५८ लाख रकम संकलन भएको छ । बिहीवार बिहान उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५ सय ५५ र जिल्ला क्रिकेट संघ चितवनले २ लाख ५५ हजार ५ सय ५५ गरी कुल ५८ लाख ११ हजार १ सय १० रुपैँया संकलन भएको हो ।

संघको सभाहलमा आज बिहान आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रम मार्फत उद्योग वाणिज्य संघ चितवनले फाउण्डेसनलाई नगद ५५ लाख ५५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरेको हो । संघले पुर्व घोषित एक करोड रुपैँया मध्य पहिलो चरणमा नगद ५५ लाख ५५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई चेक हस्तान्तरण गरे । पुर्व घोषित मध्यको बाँकी रकम भने डिपीआर पछी हस्तान्तरण गर्ने बताईएको छ ।

यस्तै सोही कार्यक्रम बिच चितवन जिल्ला क्रिकेट संघले पनि २ लाख ५५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरेको छ । क्रिकेट संघ चितवनका अध्यक्ष कैलाश प्रधानले फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई २ लाख ५५ हजार ५ सय ५५ रुपैँयाको चेक हस्तान्तरण गरे । उता चितवनको नारायणगढमा रहेको थपलिया ब्रदर्स सप्लायर्सले रगंशालाका लागि सेनेटरीका सामानहरु उपलब्ध गराउने घोषणा गरेको छ ।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष धुर्मसले रंगशाला निर्माणका लागि चितवन तातिएको बताए । चितवन निष्कृय भयो भन्ने हल्ला चलिरहदा पछील्लो गतिबिधीले भने चितवन तातिकेको प्रष्ट भएको धुर्मसले बताए । उनले चितवनमा रंगशाला निर्माणको लागि माहोल बन्दै गएको भन्दै आवश्यक रकम चितवनबाटै संकलन हुने सम्भावना देखिएको बताए ।

उनले चितवनमा रंगशाला निर्माणका लागि आउँदा आफु पनि चितवनबासी भएको महसुस भएको बताएका छन् । उनले चितवन यसै गरी तातिने हो भने रंगशाला तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताए । हिजो परिवर्तनको लागि चितवन जाग्दा सिङ्गो राष्ट्र नै जागेको भन्दै रंगशाला निर्माणका लागि पनि चितवन जाग्दा पुरै राष्ट्र जाग्ने उनले बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रंगशालाको रोकिएको काम पुन: शुरु लगत्तै रकम संकलन तथा घोषणाको क्रम बढ्नु साकारात्मक भएको बताएकी छिन् । रंगशालाको काम तिब्र रुपमा भईरहदा बिचमा केही बिबादको कारण रोकिए पनि त्यसले कसैलाई पनि बिचलित नबनाएको उनले बताईन् ।त्यस घटना पछी पनि समग्र चितवनबासी रंगशाला चितवनमै बनाउन पर्छ भन्दै लागि परेर राम्रो उदाहरण प्रस्तुत गरेको बताईन् ।दाहालले सबै संघ संस्था तथा ब्यक्तीहरुलाई पनि सहयोगमा जुट्न आग्रह गरिन् ।

यो परियोजना चितवनबासी सँगै राष्ट्रकै लागि गौरभको योजना भएकोले सबै मिली यसलाई सफल बनाउन उनले आग्रह गरिन् । उनले अहिले चितवन तातेको भन्दै रंगशाला तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएकी छिन् । सबैको सक्रियताले यो परियोजनालाई सफल बनाउन सकिने भन्दै उनले आर्थिक संकलनमा लाग्न सबैलाई अनुरोध गरिन् । उनले रंगशाला निर्माणको लागि लाग्ने ३ सय करोड चितवनबाटै उठ्ने माहोल बन्दै गएकोमा खुशी लागेको बताईन् ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले चितवनमा निर्माणाधिन रंगशालाले केबल खेलकुदको मात्र नभई अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताए । रंगशाला निर्माण भए पछी चितवन र समग्र राष्ट्रकै पर्यटन प्रवर्द्दन हुने र त्यसले देशको अर्थतन्त्रमा टेवा पुग्ने प्रधानको भनाई थियो । उनले रंगशाला खेलकुद सँगै आर्थिक पाटो सँग पनि जोडीएको बताए ।

यस्तै प्रधानले रंगशाला निर्माण भए पछी धेरै नेपालीले रोजगार पाउने र व्यापार व्यवसाय पनि बढ्ने बताएका छन् । रंगशालाको प्रत्यक्ष लाभ सबै भन्दा धेरै चितवनबासीले लिने भएकोले चितवनबासी नै सबै भन्दा धेरै सक्रिय हुन जरुरी रहेको बताए ।

रगंशाला निर्माण सहयोग समितीका संयोजक एवं जिल्ला समन्वयन समिती अध्यक्ष कृष्ण कुमार डल्लाकोटीले चितवनका सबै स्थानिय तहमा आर्थिक सहयोग समिती गठन भईरहेको जानकारी दिए । उनले रगंशाला निर्माणमा सक्दो सहयोग गर्नका लागि समग्र चितवननै सकारात्मक देखिएको बताए । कार्यक्रम रगंशाला निर्माण सहयोग समितीका सदस्य सचिव चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसै बिच रंगशाला निर्माण सहयोगार्थ चितवनका बिभिन्न स्थानिय तहमा तिब्र रुपमा सहयोग समिती गठन भईरहेको छ । बुधवार (हिजो) रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा सहयोग समिती गठन भएको रगंशाला निर्माण सहयोग समितीका सदस्य सचिव चुननारायण श्रेष्ठले जानकारी दिए । रत्ननगरमा नगर प्रमुख मेयर नारायण वनको संयोजकत्वमा ८८ सदस्सीय तथा खैरहनी नगर प्रमुख मेयर लालमणी चौधरीको संयोजकत्व १०१ सदस्सीय आर्थिक सहयोग संकलन समिती गठन भएको श्रेष्ठले बताए ।

merokhabarsathi

Read Previous

भरतपुर महानगरपालिकाले विपद् तथा प्रकोपको घटनाबाट मृत्यु हुनेलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने

Read Next

खाल्डोभित्र लुकाई राखेको अवस्थामा १६ केजी सुन बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *