अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ।
वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरिद गरेको हो। गत वर्ष पाँच वटा र यस वर्षको १० वटा गरी १५ थान साइकल सरकारले प्रारम्भिक चरणमा भोलिदेखि सञ्चालनमा ल्याउने जनाएको छ।
चालू आवको बजेट तथा कार्यक्रमअनुसार ट्वीटर तीन हजार ७०० मोडेलका १० थान साइकल खरिद गरिएको कर्णाली सरकारका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए।
उनले भने, ‘आज मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीलाई ती साइकल वितरण गर्दैछौँ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारका अनुसार प्रतिथान रु ४० हजारका दरले ती साइकल खरीद गरिएको छ। रासस