नेपालले ‘विषादीजन्य’ तरकारी रोक्दा भारतले लगायो जडिबुटीमा रोक

सांकेतिक तस्बिर

नेपालले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न थालेपछि भारतले नेपालबाट निर्यात हुने जडिबुटीमा विभिन्न बहानामा रोक लगाएको छ ।

जनस्वास्थ्यमा नकारात्मक असर गर्ने विषादीजन्य तरकारी तथा फलफूल भित्रिन नदिन नेपालले कडाइ गर्दा भारतले भने औषधिजन्य जडिबुटीमा ‘प्रतिक्रिया’स्वरुप कडाइ गर्नु अनौठो मानिएको छ ।

भारतले पाखनवेद, चिराइतो, अमला, सिकाकाइलगायत ६० भन्दा बढी किसिमका जडिबुटीमा रोक लगाएको हो । भारतले संशोधित प्लान्ट क्वारेन्टाइनको सूचीमा नपरेको भन्दै ती जडिबुटीमा रोक लगाएको हो । भारतीय अवरोधका कारण १५ टनभन्दा बढी जडिबुटी नेपालका गोदाममा थन्किएका छन् ।

नेपालका जडिबुटीको मुख्य बजार भारत नै हो । भारतमा ती जडिबुटीबाट औषधी बनाइन्छ ।

त्यसो त, नेपालले तरकारी तथा फलफूलमा विषादी परीक्षणको निर्णय गर्नुअघि नै भारतले नेपालबाट निर्यात हुने जडिबुटीलाई भारतमा भित्रिन नदिन कडाइ गरिसकेको थियो । जडिबुटी निकासीमा भारतीय पक्षबाट भएको कडाइका विषयमा दुवै मुलुकबीच कुटनीतिक माध्यमबाट निकास खोज्ने पहल भइरहँदा नेपालले भारतबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण थालेपछि यो विषय थन्किएको हो । हाल भारतले नेपालको पछिल्लो निर्णयकै ‘प्रतिक्रिया’स्वरुप जडिबुटीमा रोकसम्बन्धी निर्णय कडाइका साथ लागू गरिरहेको छ ।

merokhabarsathi

Read Previous

तराई भू-भागमा भारी वर्षाको संभावना, यस्तो छ आगामी तीन दिनको मौसम

Read Next

नक्कली चालक अनुपतिपत्रको कारोबारमा संलग्न एक व्यक्ति पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *