Breaking News :

अविरल बर्षाले ठोरीको जनजीवन प्रभाबित, सतर्क रहन आग्रह

गएरातीदेखि परेको अविरल बर्षाको कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ।गाउँपालिका भित्र रहेका खहरे खोलामा पानीको सतह बढेसंगै बाढीको खतरा बढेको हो।सामुदायिक रेडियो बिजयबस्तीका अनुसार ठोरीमा रहेको ओरीया,सिकारीबाँस,ठुटेखोला,ढेडुखोला लगायतका खोलाहरुमा पानीको सतह बढेको स्थानीयले बताएका छन् ।

ठुटेखोलामा आएको बाढीका कारण ठोरी २ को टाउनमा रहेको नेपाल पट्टीको भुभाग कटान भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।ओरीया खोलाको बाढीका कारण खोला अहिलेसम्म बस्ती नपसेपनि पानीको सतह बढ्दा मालीवस्तीका स्थानीयलाई त्रास बढेको स्थानीय शिक्षक किरण पान्डेले बताए ।

उता गएरातीदेखिको भारी बर्षाको कारण ठोरी ३ रामनगरमा क्षति पुर्याएको छ।रामनगरका स्थानीय काले गुरुङको करीब डेढ बिगाहा भन्दा बढी खेतमा बालुवा खोला पसेका कारण धान खेत सबै बालुवाले पुरिएको स्थानीय नेकपा नेता ललित बस्नेतले जानकारी दिनुभयो ।बालुवा खोलाकै कारण ठुटेखोलाबाट रामनगर तर्फ जाने सिचाइ कुलो पुर्ण रुपमा क्षतीग्रस्त भएको छ भने हुलाकी सडक समेत कटान गरेको बस्नेतले बताए ।त्यस्तै २४ घन्टा यता परेको झरीले गर्दा ठोरीमा सवारी साधन आवागमन ठप्प भएको छ।बर्षाका कारण सडकमा जमेको पानी र ठाउँठाँउमा सडक नै बगाएका कारण नारायणगढ ठोरी,बिरगंज ठोरी र ठोरी काठमाडौ चल्ने यात्रुबाहक बस चल्न नसकेको हो।

यस्तै ठोरीमा निर्माणाधीन हुलाकी सडक समेत बर्षाको चपेटामा परेको छ।निर्माणाधीन सडकको ठोरी ३ मा रहेको कल्भर्ट नै भासिएका कारण आवागमन प्रभावित भएको स्थानीय ज्ञान बहादुर थिङले जानकारी दिए ।हुलाकी सडकले कल्भर्ट निर्माणमा गरेको लापरबाहीका कारण कल्भर्ट भासीएर सडकको बीचबाट पानी बगेको थिङले बताउनुभयो ।कल्भर्टबाट निकास हुने पानीका कारण र कल्भर्टको छेउमा रहेको एप्रोच नै भत्किएको कारण नजिकै रहेको बिजुलीको पोल समेत भाचिएको उनले बताए ।बर्षातमा पानी निकास नै हुन नसक्ने गरी कल्भर्ट निर्माण भएकाले सडक नै बगाएको स्थानीयको आरोप छ।हुलाकी सडकमा बिच्छाइएको ग्रावेल बगाएर मकै बारीमा पुर्याएको स्थानीय थिङले गुनासो गरे ।उहाँको अनुसार स्थानीयको झन्डै २ बिगाहा भन्दा बढी मकै बारीमा हुलाकी सडकको ग्रावेलले क्षति पुर्याएको छ।

त्यसैगरी पानी पर्नासाथ प्रभावित हुने ठोरी ४ को निर्मलबस्ती र ओरीया खोला पुल र माली बस्ती बीचको सडक पनि हिलाम्मे भएका कारण सवारी साधन आवतजावतमा कठिनाइ भएको छ।ओरीया खोला पुलबाट मालीबस्ती आवागमन गर्दा सडक हिलाम्मे भएका कारण खोलाबाट आवतजावत गर्नुपर्ने बाध्यता आइपरेको मालीवस्तीका शिक्षक किरण पान्डेले बताए ।निर्मलवस्तीमा रहेको कल्भर्टको डाइभर्सन पनि हिलाम्मे भएका कारण सवारी आवागमन प्रभावित बनेको छ।a2zsamachar बाट

merokhabarsathi

Read Previous

पहिरोमा परी घाइते भएकालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

Read Next

तराई भू-भागमा भारी वर्षाको संभावना, यस्तो छ आगामी तीन दिनको मौसम

Leave a Reply

Your email address will not be published. Required fields are marked *