Breaking News :

क्रिकेट रङ्गशाला निर्माणको लागि रत्ननगर र खैरहनीमा सहयोग समिति गठन

रत्ननगर । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि पुर्बी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा छुट्टा छुट्टै सहयोग समिति गठन गरिएको छ । बुधबार रत्ननगर नगरपालिका मेयर नारायण वनको संयोजकत्वमा ७३ सदस्यीय नगरपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो । त्यस्तै उता खैरहनीमा पनि मेयर लालमणि चौधरीको संयोजकतवमा सहयोग समिति गठन भएको छ ।

समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् । कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल,जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी,नेकपाका नेता तेजेन्द्र बहादुर खड्का,नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले रंगशाला चितवनबासीको गौरबको विषय भएकाले एकताबद्ध भएर निर्माण कार्यमा सहयोग गर्न जिल्लाबासीलाई आग्रह गरेका थिए ।

सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्ष्भित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो ।

यसअघि रङ्गशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । दुबै नगरपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

merokhabarsathi

Read Previous

निर्माता छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

Read Next

पहिरोमा परी घाइते भएकालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *