Breaking News :

बबई नदीमा बहाव बढ्दै

सांकेतिक तस्बीर

निरन्तर वर्षा भइरहेको कारण बबई नदीमा बहाव बढ्दै गएकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बर्दिया जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

बुधबार बिहान ‘अत्यन्तै जरुरी सूचना’ जारी गर्दै बर्दिया जिल्ला प्रशासनले कार्यालये बबई नदीको चेपांगस्थित बाढी मापन केन्द्रमा बुधबार बिहान ८ बजे पानीको सतह ५‍.४ मिटर पुगेकाले बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

सूचनामा भनिएको छ- निरन्तर वर्षा भइरहेको र नदीको तल्लो तटीय क्षेत्रमा नदीले बगाएर ल्याएका काठ, दाउरा समात्न, माछा मार्न जाने कार्य अति जोखीमपूर्ण हुने हुँदा यस्तो अवस्थामा नदी किनार क्षेत्रनजिक नजान तथा जान नदिन हुन सबैमा अनुरोध गर्दछौं।

 

merokhabarsathi

Read Previous

नक्कली नेपाली रुपैयाँ सहित न्यौपाने पक्राउ

Read Next

निर्माता छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *