अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
जिल्लाका आदर्शकोतवाल गाउँपालिका -५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
सोही ठाउँस्थित मोहन सहनीले सञ्चालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल सञ्चालकले खबर गरेपश्चात खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जाँच गर्दा निजको खल्तीमा थप हजार दरका थप ३ वटा नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।