Breaking News :

सन्देशमुलक तिज गितमा कमेडी अर्कैकी स्वास्नी राम्री सार्वजनिक

सुरज पौडेल, बाग्लुङ । नेपाली लोकदोहोरी क्षेत्रमा यतिवोल मौसमि समयअनुसारका गितहरु आउने क्रममा तीजका गीतहरुले बजार पाईरहेको छन् । यो समयमा विशेष गरी नेपाली सांगीतिक क्षेत्रमा नयाँ हस्तीहरुपनि जन्मने गर्दछन् ।

धेरै नयाँ तथा पुराना कालकाहरुको आवाजमा तीज गीतहरु सार्वजनिक भइरहेका छन । लाखौ लगानि गरेर बजारमा आएका सयौं गितहरको सलफलता शुन्य जस्तै देखियको छ । तर गित संगितका पारखी र हस्तीहरु भने आतुरनै छन् समय सन्र्दभका गीतहरु बजारमा ल्याउन । गीतको सफलता पाउनु फरक कुरा हो जुन सर्जक,कलाकारहरुले दर्शक श्रोतको जिम्मा लगाएर पठाईसकेका हुन्छन् । अब कुरा गरौँ कस्ता गीत दर्शक श्रोतको नजरमा पर्छन् त ? बिशेषगरी दर्शक श्रोताको रोजाईमा पर्ने गीतहरु भनेको चर्चित बनेका,बजारमा आफ्नो स्थान ठुलो गरी आगटेका कलाकारहरुले ल्यायका गीतहरु , तर केही भने अन्य नब आगन्तुक कलाकारले ल्यायका सिर्जना पनि मन पराउने गरेका छन् । समाजमा सकरात्मक सन्देश प्रबाह गर्ने तर ब्यांङ्गतात्मक शैलीको गित पछिल्लो समय बजारमा आउन थालेका छन् ।

यसै अवसरमा निकै सन्देश मुलक र रमाइलो गीत अर्कैको स्वास्नी राम्रो वोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । प्रवासी भुमि जापानमा रहेर पनि नेपाली गीत संगीतलाई निकै माया गर्ने तथा बहुप्रतिभाका धनि गायक सर्जक प्रेम सापकोटा सोनुले गीतको लय तथा शब्द सिर्जना गरेका छन । प्रेमले समाजमा जो हुन्छ देखीयको छ त्यो बिषय रोजेर लेखेको हुनाले समाजिक यथार्थता रहेको, दाबी गरेका छन् । सुरेश सुनार र काजोल गुरुङको आवाज रहेको गितमा भने सरापे नामले परिचित यादव देवकोटा र निमर्लीले अभिनय गरेका छन । गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् ।

merokhabarsathi

Read Previous

गुल्मीमा पहिरोले पुरेर ६ जनाको मृत्यु ५ जना बेपत्ता

Read Next

मनसुनी वर्षा पुन सक्रिय, अधिकांश स्थानमा भारी वर्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *