Breaking News :

चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ३ जना पक्राउ

चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालिका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का ४३ वर्षीया पार्वती केसी रहेका छन्।

उनीहरुले प्रचलित कानूनविपरीत प्रतिबन्धित नेटवर्किङ दर्ता गरी चितवनमा पिरामिड शैलीमा व्यापार प्रणाली अपनाएको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुले चितवनका सर्वसाधरणलाई झुक्याएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए। पीडितले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता कोइरालाको भनाई छ।

तीनै जनामाथि ठगी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।

merokhabarsathi

Read Previous

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Read Next

गुल्मीमा पहिरोले पुरेर ६ जनाको मृत्यु ५ जना बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *