Breaking News :

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष छन्। उनको सनाखत हुन सकेको छैन।

नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना ४२ प ४९२९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नम्बरको ट्रकमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ।

ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो।

पैदलयात्री भरतपुर महानगरपालिका– १ बस्ने ५० वर्षीय ओमप्रसाद भुषाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट भुषाल सामान्य घाइते भएका छन्। मोटरसाइकल र ट्रक प्रहरी नियन्त्रणमा छ।

ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

 

merokhabarsathi

Read Previous

नेपालले दियो कतारलाई १२३ रनको लक्ष्य

Read Next

चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ३ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *