चितवन राइडर्स क्लबको अध्यक्षमा खरेल

चितवन राइडर्स क्लबको अध्यक्षमा नबिन खरेल निर्विरोध निर्वाचित भएका छन् । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आज सोमबार सम्पन्न अधिवेशनले खरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष पदम बहादुर बानिया सचिव जनक कुमार ढकाल कोषाध्यक्षमा धर्मराज सापकोटा रहनु भएको छ भने सह सचिवमा  रामचन्द्र सुबेदी चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा संजय श्रेष्ठ, रोशन पौडेल, पंञ्चु घले,  पुरन सुवेदि  नीलकण्ठ खरेल र  रुक्मणी सापकोटा घिमिरे रहेका छन् ।

अधिवेशनमा उद्योग वाणिज्य संघका उपाध्यक्ष चुननारायण श्रेष्ठले नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई टीका सहित रुद्राक्षको माला लगाई बधाई दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी रहनु भएको सहनलाल प्रधानले नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई स्वागत सहित हार्दिक बधाई दिदै उद्योग वाणिज्य संघ आगामी दिनहरुमा चितवन राइडर्स क्लब संग सहकार्य गरि अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो।

सोही अवसरमा संघका प्रथम उपाध्यक्ष श्री सुमन कुमार श्रेष्ठ चितवन नवलपुर साईकल व्यबसायी संघका अध्यक्ष श्री श्याम खरेल लगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।

merokhabarsathi

Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य भोलिबाट शुरु गरिने

Read Next

देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *