भरतपुर महानगरपालिका–१४ स्थित राधापुरमा रहेको नहरमा पौडी खेल्दा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो नहरमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका–१४ राधापुरकै उमेश दराईको डुबेर निधन भएको हो । डुबेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच जनाको टोली गएर उद्धार गर्दा मृत्यु भई सकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।