Breaking News :

खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रोबस दुर्घटना

चितवनको खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रोबस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन ।

बिहान ५ बजे काठमाडौंका लागि हिडेकाे सो माइक्रोबस ७:४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ । धादिङ जिल्लाको थाक्रे गाउँ पालिका-१ खयरवारि भन्ने ठाउँमा बा ५ ख ३१५१ नम्बरको सो माइक्रोबस दुर्घटना भएको हो । सो माइक्रोबसलाई मिनि बसले ठक्कर दिँदा माइक्रोबस महेश खोलाको छेउमा खसेको थियो ।

सो माइक्रोबस सडकबाट करिब ५० मिटर तल खसेको थियो । सबै यात्रुको उद्दार गरि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

देशका विभिन्न भागमा वर्षा, बाढी र पहिरोको जोखिम सतर्क रहन आग्रह

Read Next

जङ्गली च्याउ खाँदा चितवनमा एकै परिवारका ३ जना बिरामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *