Breaking News :

आज साउनको पहिलो सोमबार देश भरकै शिब मन्दिरमा भक्तजनको घुइँचो

आज साउनको पहिलो सोमबार देश भर कै शिब मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । बिहानै भक्तजन पूजा एवं दर्शनका लागि लाइनमा बसेको देबघाट क्षेत्र विकास कोषले जनाएको छ ।

सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

देबघाट, पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।

साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

merokhabarsathi

Read Previous

ऋतिक रोशन र टाइगर श्राफको वार

Read Next

देशका विभिन्न भागमा वर्षा, बाढी र पहिरोको जोखिम सतर्क रहन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *