Breaking News :

हेटौंडा हुँदै काठमाडौं आउने सडक सुचारु

अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएपछि अबरुद्ध भएको हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौं आउने सडकखण्ड आजबाट सुचारु भएको छ ।

१० दिन अघि गएको पहिरोले अबरुद्ध भएको सडक आजबाट सुचारु भएको हो । इन्द्रसरोबर गाउँपालिका–२ महालक्ष्मी खोलामा आएको पहिरोले अवरुद्ध भएको यातायात पहिरो पन्छाएपछि यातायात पूर्णरुपमा सुचारू भएको हो ।

सो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथको सडक खण्डबाट हेटौंडा काठमाडौं यातायात सञ्चालन हुँदै आएको थियोे ।

यसैगरी पहिरोका कारण अवरुद्ध हेटौंडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली हुँदै काठमाडौं आउने सडक सञ्चालन हुन भने अझै एक हप्ता लाग्ने बताइएको छ ।

merokhabarsathi

Read Previous

Cruise Ship In Narayani Before Dashain Targeting Visit Nepal

Read Next

ऋतिक रोशन र टाइगर श्राफको वार

Leave a Reply

Your email address will not be published. Required fields are marked *