Breaking News :

माओवादीका नेताहरुले पार्टीको स्कूल विभागमा आफ्नो पक्षको अडान कायम राख्ने

नेपाल कम्युनिष्ट पार्टी भित्रका तत्कालीन माओवादीका नेताहरुले पार्टीको स्कूल विभागमा आफ्नो पक्षको अडान कायम राख्ने भएका छन् ।

तत्कालीन माओवादी पक्षका नेताहरुको आइतबार बिहान पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकमा स्कूल विभागमा रहँदै आएको अडानमा कायम रहने निर्णय गरेको हो ।

नेकपाको सचिवायल बैठक आइतबार बस्दैछ । सो बैठकमा सहमति हुन बाँकी रहेको स्कूल विभागको नेतृत्वको सम्बन्धमा छलफल हुनेछ ।

अधिकांश विभागको नेतृत्वका सम्बन्धमा मौखिक सहमति भए पनि स्कूल विभागमा तत्कालीन एमाले र माओवादीको दाबी कायम रह्यो । विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको अडान रहेको छ ।

श्रेष्ठको पक्षमा तत्कालीन माओवादीका नेताहरु एक भएर प्रस्तुत हुने भएका छन् । यस्तै प्रचण्ड निवासमा बसेको बैठकमा आफ्नो भागमा परेका जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो पनि लगाएका छन् । यस्तै आफ्नो भागमा परेका विभागको नेतृत्वका सम्बन्धमा पनि निर्णय भएको नेताले जानकारी दिएका छन् ।

merokhabarsathi

Read Previous

कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या

Read Next

कुख्यात गाँजा तस्कर कुमार स्याङतानलाई पक्रन गोली चल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *