Breaking News :

कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या

भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा पहिला कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या भएको छ। प्रहरीले यो हत्याकाण्ड अन्धविश्वासका कारण भएको आशंका जताएको छ किनभने मारिएका चारैजना (दुई पुरुष र दुई महिला) गाउँमा झारफुक (धामी झाक्री) को काम गर्थे।

उनीहरुको उमेर ६० देखि ७० को बीचमा रहेको छ। आरोप छ कि सुतिरहेका उनीहरुलाई हमलाकारीले उठाए र गाउँको चोकमा ल्याएर कुटपिटपछि घाँटी रेटेर हत्या गरे।

अहिले घटनास्थलमा प्रहरी खटिएको छ। गुमलाका एसपी अन्जनी कुमार झाले भने, ‘प्रारम्भिक अनुसन्धानमा यो घटना अन्धविश्वाससँग जोडिएको छ। हामीले गाउँका केही व्यक्तिहरुसँग बयान लिएका छौँ तर उनीहरुले धेरै केही बताएका छैनन् । मृतक दम्पतीकी एक छोरीले प्रहरीलाई यो घटनाबारे जानकारी दिएकी छन्।’

उनले अगाडि भने, ‘केही गाउँका व्यक्तिले गोप्य ढंगले सूचनाहरु दिएका छन् हामी त्यसमा अनुसन्धान गरिरहेका छौँ, त्यसपछि मात्रै घटनाबारे केही बताउन सकिएला ।’

राति भएका कारण हमलामा संलग्नहरुको पहिचान गर्न नसकिएको गाउँलेहरुले बताइरहेका छन् ।बिबिसी हिन्दीबाट साभार।

merokhabarsathi

Read Previous

नेपालतर्फ नजिकिँदै न्यून चापीय रेखा, बढ्यो भारी वर्षाको सम्भावना

Read Next

माओवादीका नेताहरुले पार्टीको स्कूल विभागमा आफ्नो पक्षको अडान कायम राख्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *