Breaking News :

नारायणगढको व्यस्थ चोकहरुमा ट्राफिक लाईट राख्ने विषयमा पुन छलफल हुदै

जिबन रानाभाट
साउन ०४ चितवन। भरतपुर महानगरपालिकाको  व्यावसायिक हिसाबले प्रमुख र व्यस्थ बजार मानिने नारायणगढको चोकहरुमा ट्राफिक लाईट राख्ने विषयमा पुन छलफल सुरु हुन थालेको छ ।

भरतपुर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय चितवन र अन्य संघसस्थाहरुले नारायणगढका व्यस्थ चोकहरु पुल्चोक,सहिदचोक र चौविसकोठीमा ट्राफिक लाईट राख्न छलफल गर्न लागिएको बताइएको छ । यसअघि पनि सहिदचोकमा ट्राफिक लाईट जडान गरिसकेको भएपनि विविध कारण देखाउदै पछि निकालिएको थियो ।करीब रु २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो भने अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने बताइएको थियो । तर महानगरले यसमा चासो नदेखाएको बताउदै सो कम्पनीले जडान गरेको लाईट समेत खोलेर लागेको थियो ।

अब पुन भरतपुरका मुख्य ३ स्थानमा ट्राफिक लाईट राख्ने छलफल हुन थालेको बिशेष श्रोतले बताएको छ ।

merokhabarsathi

Read Previous

अब १८ देखि ३५ वर्षसम्मका व्यक्ति मात्रै युवा

Read Next

अक्षर साहित्य प्रतिष्ठानले गर्यो चितवनका पत्रकार र साहित्य लेखकलाई सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *