Breaking News :

नेपालमै पहिलोपटक नारायणी नदिमा पानिजहाज संचालनमा आउने

नेपालमै पहिलोपटक नारायणी नदिमा निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानिजहाज) दशैअघि संचालनमा आउने भएको छ । रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दुई महिनामा निर्माण सम्पन्न हुने जानकारी दिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायीक बनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ । करिव ३५ करोडको लागतमा निर्माण भइरहेको क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिनुभयो । ३५ करोड लगानी रिसोर्ट सहितको भएको उहाँले बताउनुभयो । ‘क्रुज शिप संचालन पश्चात नेपालको जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुनेछ,कंडेलले भन्नुभयो’,तीन सिफ्टमा क्रुज संचालनको तयारी गरेका छौं ।’ बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहानेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुनेछ ।

प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देबघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालनको तयारी भएको कंडेलले बताउनुभयो । एक पटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ । रिभर क्रुजले नारायणी किनारलाई संधै चलायमान गराउने निर्माण कम्पनीको दाबी छ ।

merokhabarsathi

Read Previous

सेवाग्राहीसँग लिएको घुससहित नगरपालिकाका सव–इञ्जिनीयर पक्राउ

Read Next

अब १८ देखि ३५ वर्षसम्मका व्यक्ति मात्रै युवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *