Breaking News :

पुनः सक्रिय हुँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको बताएका छन्।

‘आज पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनुको साथै  पहाडी क्षेत्रमा बाढीपहिरोको पनि जोखिम रहेको मौसमविद्हरुले बताएका छन्।’

महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा केही दिनअघि नेपालबाट दक्षिण सरेर भारतमा रहेकाले मनसुनी गतिविधि कम सक्रिय अवस्थामा छ।

तर त्याे रेखा १/२ दिनपछि पुन: नेपाल भित्रिने सम्भावना रहेकाे माैसमविद्काे अनुमान छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

देशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना छ जसका कारण ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। –माैमम पूर्वानुमान महाशाखा

merokhabarsathi

Read Previous

आज गुरु पूर्णिमा, श्रद्धाभाव प्रकट गरी मनाइँदै

Read Next

यसरी भयो नेकपामा भागबन्डा (विभागहरूको सूची)

Leave a Reply

Your email address will not be published. Required fields are marked *