Breaking News :

आदर्श नारी विकास केन्द्रको रजत महोत्सवका कार्यक्रमको आम्दानी तथा खर्च विवरण सार्वजनिक

असार ३, चितवन

आशा खरेल

आदर्श नारी विकास केन्द्रको २५ औं रजत महोत्सवका अवसरमा भएको कार्यक्रमको आम्दानी तथा खर्च विवरण आज सार्वजनिक गरेको छ । उक्त कार्यक्रम गत बर्ष बैशाख १६ गतेदेखि संस्था स्थापना दिवस जेठ १६ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाईएको थियो ।

कार्यक्रम अन्तर्गत समाज कल्याण केन्द्र वृद्धा आश्रम देवघाट, रामजानकी बालिका आश्रम देवघाट, सडक बालबालिका पुनस्थापना केन्द्र (हाम्रो घर) नारायणगढ र असहाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र (आदर्श गृह ) मा खाना खुवाउने, छात्रवृत्ति वितरण, वक्तृत्वकला प्रतियोगिता,स्वास्थ्य शिविर, सकारात्मक सोचबारे प्रवचन कार्यक्रम, साहित्यिक कार्यक्रम,अन्तरर्किया कार्यक्रम,रजत स्मारिका प्रकाशन, र्याली प्रदर्शन,बिशिस्ट ब्यक्ति सम्मान कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा भएको खर्छ र आम्दानी सम्बन्धि विवरण आज कृष्णपुरको आदर्श मार्गमा रहेको आदर्श गृहकाे भवनमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । सोही केन्द्रका रजत महोत्सव मूल समारोह समितिका संयोजक मिना खरेलले आय ब्यय सम्बन्धी विवरण प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा कुल आम्दानी १७ लाख ५३ हजार ६ सय २७ रुपैयाँ भएको थियो । त्यसैगरी १३ लाख १० हजार २ सय १५ रुपैयाँ खर्च भएको थियो ।

४ लाख ४३ हजार ४ सय १२ रुपैयाँ बचत बचत भएको छ । बचत रकममध्ये २ लाख ५१ हजार रुपैयाँ सोही केन्द्रको अक्षय कोष निर्माणका लागि राखिएको छ । त्यसैगरी रजत महोत्सवबाट बचत भएको रकमबाट १ लाख ८७ हजार ४ सय १२ रुपैयाँ आदर्श गृहको भान्सा कोठा निर्माणको लागि खर्च गरिएको छ । सोही कार्यक्रममा सहयोग गर्ने संस्थाका सम्पुर्ण सदस्यहरु, सहयोग गर्ने दाताहरु,उधोग ब्यवसायी लगाएत सामाजिक संघ संस्था एवम् शुभेच्छुक सदस्य,पत्रकारहरु सम्पुर्णलाई धन्यवाद व्यक्त गरिएको थियो ।

सो कार्यक्रममा संस्थाका सल्लाहकारहरु ई . भोजराज कौडाल,देवी पाठक, बिष्णुदेवी बुढाथोकी, कार्यपालिका सदस्य पवित्रा केसी, वडा सदस्यहरु भरतपुर महानगरपालिकाका उप सचीव एवम् महिला विकास अधिकृत शान्ता कुमारी पौडेल, स्मारिका प्रकाशनका संयोजक उषा खरेल सुवेदी, आर्थिक समितीका संयोजक मेनुका काप्री, स्मारिका सम्पादक सदस्य अर्जुन अधिकारी, भानुभक्त कडेल, सस्थापक सदस्यहरुको करिब ७० जनाको उपस्थितिमा कार्यक्रम भएको थियो । सो कार्यक्रम आदर्श नारी विकास केन्द्रका अध्यक्ष सरिता केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

merokhabarsathi

Read Previous

चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीको छापा, ९७ जना नियन्त्रणमा

Read Next

आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीमा कस्तो प्रभाव ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *