चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीको छापा, ९७ जना नियन्त्रणमा

फाइल फोटो

चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारेको छ । सोमबार दिउँसो नरायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको हो ।

क्लिन चितवन अभियान अन्तरगत प्रहरीले आज (सोमबार) जिल्लाका नगर तथा ग्रामीण भेगमा रहेका होटल, लज, रेष्टुरेण्ट, कटेजहरुमा छापा मारेर ९७ जनालाई पक्राउ गरेको छ । शंकास्पद अवस्थामा पक्राउ पर्नेमा ४२ जना पुरुष, ४३ जना महिला र १२ जना होटल संचालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

merokhabarsathi

Read Previous

सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य हुदैन:- सञ्चार तथा सूचना प्रविधिमन्त्री

Read Next

आदर्श नारी विकास केन्द्रको रजत महोत्सवका कार्यक्रमको आम्दानी तथा खर्च विवरण सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *