मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमा रहेकाले मनसुनी गतिविधि देशभर सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा वर्षा हुने भएकोले नदीहरुमा बाढीको खतरा कायमै छ ।
पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थान र पश्चिमका एक वा दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । रातिको मौसम पनि यस्तै रहने जनाइएको छ । पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । यस्तै तराईका क्षेत्रमा बाढी तथा डुबानको समस्या थप हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) र भोलि (मंगलबार) पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव केही बढ्ने, कैलाली, कूञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ ।
बुधबार देखि भने सबै नदीमा बहाव सामान्य हुने महाशाखाले जनाएको छ ।