अझै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमा रहेकाले मनसुनी गतिविधि देशभर सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको मध्य तथा पूर्व क्षेत्रमा हाल सामान्यदेखि पूर्णतया बदली रहेको मौसमविदले बताएका छन् । यस्तै पश्चिममा आंशिकदेखि सामान्य बदली रहेको छ । पूर्वका धेरै र मध्य तथा पश्चिमका केही स्थानमा हाल मनसुनी वर्षा भइरहेको छ ।

सोमबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । देशका धेरै स्थानमा वर्षा हुनेछ । पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थान र पश्चिमका एक वा दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । रातिको मौसम पनि यस्तै रहने जनाइएको छ ।

पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । यस्तै तराईका क्षेत्रमा बाढी तथा डुबानको समस्या थप हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

merokhabarsathi

Read Previous

बाढी पहिरोको विपदप्रति पूर्वराजाको दु:ख व्यक्त

Read Next

आज र भोलि यी नदीमा छ बाढीको खतरा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *